Press Conference Sep 19th 2013

  • 4 months ago
  • admin

मिति–२०७०÷ ०६ ÷०३ आदरणीय पत्रकार ज्यूहरु, नमस्कार मितिनी नेपाल एक गैर सरकारी सामाजिक संस्था हो जो लैंगिक तथा यौनिक अल्प संख्यक समुदायहरु खास गरीकन महिला समलिंगीहरुको हक अधिकारको लागि वकालत गर्दै आई रहेको छ । विगत ८ वर्ष देखि निरन्तर क्रियाशील रहेको यस संस्थाको मुख्य उदेश्य यस प्रकार रहेको छ ः १. महिला समलिंगीहरुको यौनिकताको पहिचान गराउने । २. उनीहरुको अस्तित्वको कदर गर्ने वातावरण तयार पार्ने । ३. घर परिवार तथा समाजबाट बहिस्कृत भएका महिला समलिंगीहरुलाई त्यही समाजमा पुर्नःस्थापित गराउने । ४.मानव अधिकारको रक्षा गर्ने,लैंगिक तथा यौनिक पहिचान तथा व्यवहारको आधारमा गरीने हरेक प्रकारको भेदभाव तथा दुव्र्यहारको विरुद्ध सशक्त आवाज उठाउने । ५.अप्ठ्यारोमा परेका महिला समलिंगीहरुलाई कानूनी उपचारको लागि पहल गर्ने तथा परामर्श दिनु हो । समग्रमा मितिनी नेपालको उदेश्य भनेको शान्त र समृद्ध राष्ट्र तयार पार्ने जहाँ लैंगिक तथा यौनिक अल्प संख्यक समुदायका व्यक्तिहरु विना कुनै भेदभाव तथा दुव्र्यवहारका साथै आफ्नो लैंगिक तथा यौनिक पहिचानका साथसाथै उच्च मनोवल र गौरवका साथ जीवन जिउन सक्ने वातावरण तयार पार्नु हो । कार्यक्रमको उदेश्यः मितिनी नेपाल विगत ८ वर्ष देखि निरन्तर रुपमा महिला समलिंगीहरुको हक अधिकारका लागि काम गर्दै आई रहेको छ । यो संस्था विभिन्न कठिनाई, धम्की, चुनौति तथा समस्याहरुलाई झेल्दै आजको अवस्थामा आई पुगेको हो । हाम्रो सञ्जाल विस्तार भईरहेको, दिन प्रतिदिन महिला समलिंगीहरुको संख्या पनि बढ्दै गई रहेको, समाजमा उनीहरु खुल्दै आईईरहेका छन् भने उनीहरु विरुद्ध हुने हिँसा तथा दुव्र्यवहारका घट्ना दिनानुदिन बढ्दै गईरहेका छन्, त्यस्तै समाज तथा परिवारबाट बहिष्कृत गरिने क्रम पनि बढ्दै गईरहेका छन् । यस्तो स्थितीमा उनीहरुको यौनिकताको कदर गर्नु,राजनैतिक,सामाजिक,नागरिक अधिकार तथा मानव अधिकारको सुनिश्चितता गर्नु आजको आवश्यक्ता हो । कुल जनसँख्याको ८ प्रतिशत जनसँख्या ओगोटेको यो समुदायका अधिकाँश व्यक्तिहरु राजनैतिक, सामाजिक, आर्थिक तथा नागरिक अधिकारबाट समेत बञ्चित रहेको कुरा हामी प्रष्ट पार्न चाहन्छौं साथै यस समुदायको प्रतिनिधित्व राज्यका हरेक निकाय लगायत विभिन्न तह तप्कामा हुनु अनिवार्य छ । जव सम्म यस समुदायको प्रतिनिधित्व राज्यका हरेक निकायमा हुँदैन तव सम्म उनीहरुको आवाज सम्वोधन हुन सक्दैनन् । यसै सन्दर्भमा आगामी मंसिर ४ गते हुन गईरहेको दोस्रो संविधान सभा निर्वाचनको लागि यस समुदायबाट अनिवार्य प्रतिनिधित्व हुनु जरुरी रहेको छ ताकि हामी लैंगिक तथा यौनिक अल्प संख्यक समुदायका हक, अधिकार तथा सवालहरुलाई नयां बन्ने संविधानमा लिपीवद्ध गर्न सक्छौं । देशको राजनीतिमा महत्वपूर्ण स्थान बनाएका विभिन्न राजैनैतिक दलहरुले हामी यौनिक तथा लैगिंक अल्प संख्यक समुदायको सवालहरुलाई जनसंख्याको अनुपातमा समानुपातिक समावेशी प्रतिनिधित्वका साथै लोकतन्त्र तथा गणतन्त्रको प्रत्याभूति दिलाउनको लागि पार्टीको घोषणा पत्रमा समेत हाम्रा सवालहरु समेटन तथा आगामी संविधान सभामा हाम्रो प्रतिनिधित्व सुनिश्चित गर्न हामी सवै राजनैतिक दलहरुलाई हार्दिक अपील गर्दछौं । हामी पनि यो देशका नागरिक हौं । राष्ट्र र राष्ट्रियता हामीलाई पनि चाहिएको छ र यो राष्ट्र मा हाम्रो पनि अधिकार छ साथै मतदान गर्ने, कसलाई मतदान गर्ने र स्वतन्त्रतापूर्वक मतदान गर्न पाउने अधिकार हामीलाई पनि छ । संविधान सभा मार्फत नै देशको मूल कानून बन्ने भएकोले हाम्रा हक,अधिकारहरु आगामी बन्ने संविधानमा लिपीवद्ध गर्ने काममा सम्पूर्ण राजनैतिक दलहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्ने आवश्यक्ता महशूस हामीले गरेका छौं । राजनीति नै देशको मूल नीति भएकोले तथा देशको भविष्य पनि यसै संग गाँसिएको हुनाले हामी आफ्नो राजनैतिक अधिकार सुनिश्चित गर्न सम्पूर्ण राजनैतिक दलको सहयोगको लागि हार्दिकताका साथ अनुरोध गर्दछौं । हाम्रा यिनै मागहरुलाई सम्वोधन गराउनको लागि हामी भोलि २०७० असौज ४ गते देखि विभिन्न राजनैतिक दलहरु लाई डेलिगेसनका साथ भेट्ने कुरा पनि जानकारी गराउँदछौं । यसका अतिरिक्त हामी सरोकारवाला निकायहरु संग अन्र्तक्रिया, हाम्रो समुदायका व्यक्तिहरुलाई मतदाता शिक्षा,सडक नाटक , र्याली, धर्ना लगायतका कार्यक्रमहरु गर्दै जाने कुरा अनुरोधका साथ जानकारी गराउन चाहन्छौं । अन्तमा उपस्थित राज्यको चौथो अंगको रुपमा रहेका सम्पूर्ण पत्रकार ज्यूहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं । धन्यवाद । लक्ष्मी घलान अध्यक्ष मितिनी नेपाल का.म.न.पा. वडा नं.५ भाटभटेनी, काठमाण्डौं हाम्रा मागहरुःः १.आगामी हुन गईरहेको दोस्रो संविधान सभा चुनावमा हामी लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायहरुको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरीयोस् । २.प्रमुख राजनैतिक पार्टीको चुनावी घोषणा पत्रमा हाम्रा सवालहरुलाई प्राथमिकताका साथ राखियोस् । ३.पार्टीको विधानमा समेत हाम्रा सवालहरुलाई सम्वोधन हुने गरी पार्टीको औपचारिक नीति स्पष्ट गरीयोस् । ४.राज्यको हरेक तह तप्कामा हाम्रो सहभागिता अनिवार्य गर्न सकारात्मक प्रयास गरीयोस् । ५. हामी लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायहरुको सशक्तिकरणको लागि पार्टीले समावेशीको नीति अनुरुप राजनैतिक सहभागिता अनिवार्य गरीयोस् ।